arrow

ताप्लेजुङको हिमाली क्षेत्रमा हिमपात

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १३ शनिबार
himpat-humla-2022.jpg
तस्बिर-फाइल

फुङलिङ । ताप्लेजुङको हिमाली क्षेत्रमा हिमपात भएको छ । शुक्रबार वर्षासँगै जिल्लाको उच्च हिमाली क्षेत्र तथा पाथीभरामा बाग्लो हिमपात भएको हो । साँझ वर्षासँगै पाथीभरा मन्दिरसहितका उच्च क्षेत्रमा हिमपात भएको स्थानीयले बताएका छन् ।

वर्षासँगै पाथीभरा मन्दिर क्षेत्रमा हिमपात भइरहेको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतोले बताए । पाथीभरामा यो वर्ष तेस्रो पटक हिमपात भएको हो । यसअघि कात्तिकमा सामान्य हिमपात भएको थियो ।।

फक्ताङ्लुङ गाउँपालिका-६ लेलेपको घुन्सा, फले, वडा-७ ओलाङ्चुङगोला, याङ्मालगायत जिल्लाको हिमाली बस्तीमा हिउँ परेको घुन्साका छिरिङ टाँसी शेर्पाले बताए ।

शेर्पाका अनुसार हिमाली क्षेत्रमा अहिले हिमपात भइरहेको छ । ओलाङ्चुङगोलाकै याङ्मामा क्षेत्रमा हिउँ परेको छ । चार हजार दुई सय मिटर उचाइमा रहेको याङ्मा जिल्लाकै उच्च भेगको बस्ती हो ।

यसैगरी तेह्रथुम, सङ्खुवासभासँगको सीमावर्ती क्षेत्र तथा मैवाखोला गाउँपालिकाको शिर तीनजुरे-मिल्के-जलजले (टीएमजे) क्षेत्रमा पनि हिमपात भएको छ ।

जिल्लाको मिक्वाखोला गाउँपालिका-५ पापुङ, सिदिङ्वा गाउँपालिकाको उच्च भागमा हिमपात भएको स्थानीयले बताएका छन् ।

यस वर्ष विगतका तुलनामा भने कमै हिमपात भएको छ । हिमपात र वर्षा भएपछि किसान हर्षित भएका छन् ।

मकैलगायत खाद्यान्न बाली लगाउने समयमा हिमपात र वर्षा हुँदा किसानले राहत महसुस गरेका छन् ।

त्यस्तै नगदे बाली अलैँची, तरकारलगायत बालीका लागि पनि हिउँ र वर्षाले राहत मिलेको किसानको भनाइ छ ।

जिल्लाको उच्च स्थानीयमा हिमपात भएसँगै अध्यधिक चिसो बढ्को छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ