arrow

फोनपोइन्ट्स र फोनपेबीच सम्झौता 

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १२ शुक्रबार
fonepay-fonepoints-agreemen.jpg

काठमाडौँ । फोनपोइन्ट्स प्रालि र नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त नेपालको सबैभन्दा ठूलो भुक्तानी नेटवर्क रहेको भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिसेज लिमिटेडबीच लोयल्टी व्यवस्थापन कार्यका लागि सम्झौता भएको छ । 

सम्झौतापत्रमा फोनपोइन्ट्सका प्रमुख कार्यकारी अधिकृत सागर पौडेल र फोनपेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले हस्ताक्षर गरे । यो सम्झौता माघ १० बुधवारदेखि लागू भएको छ । 

सम्झौताअनुसार फोनपे फोनपोइन्ट्सको इकोसिस्टममा लोयल्टी व्यवस्थापनका लागि सहभागी बन्नेछ । फोनपोइन्ट्सले पारस्परिक रूपमा फोनपे प्रयोगकर्तालाई  प्रशासन, व्यवस्थापन र लोयल्टी पोइन्टहरू र पुरस्कारहरू समाहित गर्दै व्यापक सेवाहरू प्रदान गर्नेछ । 

सम्झौता कार्यक्रममा फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले भने, “हामी लोयल्टी रिवार्ड व्यवस्थापनमा हाम्रो नयाँ साझेदारको रूपमा फोनपोइन्ट्सको साथ अगाडि बढ्ने यात्राको उत्सुकतापूर्वक आशा गरिरहेका छौँ । हामी यो साझेदारीले ग्राहकको सन्तुष्टिमा उल्लेखनीय वृद्धि गर्ने आशा गर्दछौँ ।” 

फोनपोइन्ट्स र फोनपे बीचको यस सहकार्यले नेपालमा लोयल्टी कार्यक्रम व्यवस्थापनको भविष्यलाई आकार दिनको लागि महत्वपूर्ण फड्को मार्ने अपेक्षा गरिएको छ । दुवै कम्पनीहरू इनोभेशनलाई बढावा दिन, ग्राहक सन्तुष्टि बढाउन र यस रणनीतिक साझेदारी मार्फत व्यापार इकोसिस्टमको वृद्धिमा योगदान गर्न समर्पित हुनेछन् ।  

फोनपोइन्टस् एक रिवार्ड व्यवस्थापन प्लेटफर्म हो, जसले व्यक्ति र व्यवसायहरूलाई लोयल्टी कार्यक्रमहरूसँग संलग्न हुने तरीकामा क्रान्तिकारी परिवर्तन गर्ने लक्ष्य राख्छ । 

इनोभेशन, बहुमुखी प्रतिभा र विशिष्टतामा ध्यान केन्द्रित गर्दै फोन पोइन्टस्ले सबैका लागि रिवार्ड प्राप्त गर्ने अनुभवको व्यापक समाधान गर्दछ भने फोनपे नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त नेपालको सबैभन्दा ठूलो भुक्तानी नेटवर्क हो,जसले भुक्तानी प्रणाली सञ्चालकको रूपमा सेवा गर्दछ । 

इन्टरअपरेबल नेटवर्कका साथ फोनपेले बैंकिङ र वित्तीय संस्थाहरू, डिजिटल वालेटहरू, उपभोक्ता र व्यापारीहरूलाई जोड्ने काम गर्दछ । फोनपेले ६० भन्दा बढी साझेदार, २ करोड बढी ग्राहक र १३ लाख मर्चेन्ट सहितको प्लेटफर्मले वित्तीय कारोबारका साथ क्यूआर भुक्तानीको सेवा प्रदान गर्दै आएको सूचना तथा सञ्चार शाखाले जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ