arrow

दश करोडको लगानीमा सुविधा सम्पन्न होटेल वृन्दावन सञ्चालनमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १० बुधबार
birjung-hotel-papu.jpg

वीरगन्ज। वीरगन्जमा सुविधा सम्पन्न होटेल वृन्दावन सञ्चालनमा आएको छ। एक विशेष कार्यक्रमकाबीच वीरगन्ज महानगरपालिका प्रमुख राजेशमान सिंहले होटेलको उद्घाटन गरेका थिए। वीरगन्ज वडा न.४, दुई नम्बर रोड, कन्या स्कुलको सामुन्ने रहेको होटेल वृन्दावन १० करोडको लागतमा तयार भएको हो।

५ तल्ले भवनमा ३० वटा आधुनिक इन्टेरियरमा तयार गरिएका आरामदायी रुम रहेको होटेल सञ्चालक पप्पु सरार्फले जानकारी दिए। ग्राउन्ड फ्लोरमा पार्किङको सुविधा रहेको छ भने पहिलो तल्लामा रेस्टुरेन्ट, दोस्रो तल्लामा २ वटा ब्यान्केट हल, १ वटा मिटिङ हल रहेको रहेका छन्।

नेपाली होटेलहरू वा पहिलो पटक हुनुपर्छ जहाँ हामीले ब्यान्क्वेटको इन्टेरियर पूर्णतः गोल्डेन शिशाका फ्लेकहरू प्रयोग गरेका छौँ। यसले पार्टी भेन्यूलाई अझ रिच, ल्याभिस र सकारात्मक महसुस गराउनेछ, सञ्चालक अध्यक्ष सरार्फले बताए।

त्यसैगरी तेस्रो र चौथो तल्लामा बास बस्नको लागि एसी रुमहरू रहेका छन्। होटेलको ओपनसङलाई पारेर हामीले नर्मल एसी रुमको चार्ज २२ सय र त्यसमा पनि खाजाको व्यवस्था सहित ३० प्रतिशत छुट दिएका छौँ, साथै एसी सहित स्विट रुमलाई ६ हजार दर रेट सहित ३० प्रतिशत अतिरिक्त छुट कायम गरेका छौँ, सर्राफले जानकारी दिए।

ब्रिटिश शैलीमा तयार गरिएको रेस्टुरेन्ट ओपन छ। यसमा पनि हामीले खाना अथवा खाजामा आउने ग्राहकलाई  २० प्रतिशत छुटको व्यवस्था गरेका छौँ। छुटको व्यवस्था आजैको मिति देखि ६ महिना सम्मको लागि लागू हुने समेत सर्राफले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ