arrow

शैक्षिक प्रमाणपत्रमा कैफियत देखिएको भन्दै डा भट्टाचार्य पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ८ सोमबार
arrest1.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाल प्रहरीले एक जना चिकित्सकलाई पक्राउ गरेको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा कार्यरत डा. सम्बुद्ध भट्टाचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको हो । 

शैक्षिक प्रमाण पत्रमा कैफियत देखिएको भन्दै उनलाई नियन्त्रणमा लिएको हो । 

कार्यालयले केहीबेरमा पत्रकार सम्मेलन गरेर उनको बारेमा थप जानकारी दिने तयारी गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ