arrow

सीकेको पार्टीले हैरान बनायो उपेन्द्रका मुख्यमन्त्रीलाई, सङ्घमा हटाए प्रदेशमा हटाउने तयारी

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ८ सोमबार
upendra-yadav-ck-raut-jayprakash-thakur.jpg
फाइल तस्बिर

काठमाडौँ ।  मधेस प्रदेशका मुख्यमन्त्रीलाई सीके राउतको पार्टीले हैरान बनाएको छ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव यतिसम्म हैरान भए कि सत्ता गठबन्धनले भने जनमत पार्टीलाई तत्काल सरकारबाट बर्खास्त गर्नेसमेत बताएका छन् ।

उनले जनमतका मन्त्रीहरूले मधेस विश्वविद्यालयका रजिष्टार र भिसीलाई थर्काएर ताल्चा लगाएको भन्दै यो कुन तरिकाको गठबन्धनको हो ? भन्दै प्रश्न गरेका छन् । उनले जनमत पार्टीलाई सङ्घ सरकारबाट हटाए आफू तत्काल प्रदेशको मन्त्रीहरूबाट पनि हटाइदिने बताए ।

माघ ११ गते राष्ट्रिय सभा निर्वाचन हुँदैछ । सो निर्वाचनमा केन्द्रीय सत्ता गठबन्धनका साझा उम्मेदवारविरूद्ध गठबन्धनको घटकसमेत रहेको जनमत पार्टीले उम्मेदवारी दिएको छ । 

गठबन्धनको निर्णय अस्वीकार गर्दै राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवारी दिएपछि असन्तुष्ट दलहरूले जनमतका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतलाई गठबन्धन बैठकमा बोलाउन छाडेका छन् । 

मधेस प्रदेश सरकारले आफ्नो एक वर्षे उपलब्धि माघ ३ मा सार्वजनिक गर्दै गर्दा जनमतले विरोध प्रदर्शन गरेको थियो । जसपा अध्यक्ष उपेन्द्र यादव उपस्थित कार्यक्रममा उनीहरूले साइकल चोरलाई कारबाही गर, भ्रष्ट सरकार मुर्दावाद लगायतका नारा लगाएर विरोध गरेका थिए ।   

मुख्यमन्त्रीले भने जनमत पार्टी लाज पचाएर सरकारमा बसिरहेको बताएका छन् । प्रदेश सरकारको एक वर्षे उपलब्धि सार्वजनिक कार्यक्रममा जनमत पार्टीका कार्यकर्ताहरूले प्रदेश सरकारविरुद्ध नाराबाजी गरिरहेको र पार्टीका मन्त्रीहरू राजीनामा नदिई लाज पचाएर बसिरहेको उनले सुनाए । 

यता मुख्यमन्त्री यादवले भ्रष्टाचार गरेको सीकेको पार्टीको आरोप छ । प्रदेशको भागबन्डामा आफूलाई उचित भाग नदिएको जनमतको असन्तुष्टि छ ।   यादव जसपाको तर्फबाट मुख्यमन्त्री बनेका हुन् । मधेशमा सीके र उपेन्द्रको टक्कर हुने गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ