arrow

आँबुखैरेनी सामाजिक सुरक्षा कोषमा आबद्ध

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ७ आइतबार
samajik-surakchaya-kosh.jpg

तनहुँ  ।  तनहुँको आँबुखैरेनी गाउँपालिका सामाजिक सुरक्षा कोषमा आबद्ध भएको छ । सङ्घीय सरकारले सुरुआत गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत आँबुखैरेनी गाउँपालिकाले उक्त कोषमा आबद्ध भएको हो । 

अनौपचारिक र स्वरोजगार क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने सरकारको विशेष योजना अन्तर्गत गाउँपालिका कोषमा आबद्ध भएको छ । 

सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारी र गाउँपालिकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले शनिबार आयोजित कार्यक्रममा सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । 

योगदानमा आधारित सामाजिक सुरक्षा योजनाअन्तर्गत गाउँपालिकाभित्र रहेका श्रमिक मजदुरलाई कार्यक्रममा समेटिने शर्माले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ