arrow

ठिमीमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर, ४३० बिरामी लाभान्वित

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ५ शुक्रबार
kmc-camp-2080-10-05.jpg

काठमाडौँ । भक्तपुरको ठिमीमा काठमाडौँ मेडिकल कलेज (केएमसी) ले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । 

भक्तपुर ठिमी नगरपालिका वडा नम्बर २ को आयोजनामा शहरी स्वास्थ्य केन्द्रमा भएको कार्यक्रममा ४३० बिरामीले उपचार गराएको केएमसीका प्रबन्धक नारायण दाहालले जानकारी दिए । 

जसमा १२५ जनाको अल्ट्रासाउन्ड, ५५ जनाको ल्याब परीक्षण, ७७ जनाको ईसीजी गरिएको थियो । ९ जनाको दाँत खोलिएको थियो । बिरामीमध्ये २७ जनालाई शल्यक्रियाका लागि रेफर गरिएको छ । 

नेपाली कांग्रेसका सांसदसमेत रहेका डा. सुनील शर्माले सम्हालेपछि केएमसीले सामाजिक उत्तरदायित्वमा जोड दिँदै आएको छ । जसका कारण निःशुल्क स्वास्थ्य शिविर निरन्तर भइरहेको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ