क्यान्सर पीडित ५० वर्षे गाउँपालिका उपाध्यक्ष जोशीको निधन
हाम्रा कुरा
प्रकाशित २०८० माघ ४ बिहिबार
1.7k
Shares
बाजुरा । बाजुरा जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकाकी उपाध्यक्ष मैना जोशीको ५० वर्षको उमेरमा बिहीबार बिहान निधन भएको छ ।
लामो समयदेखि क्यान्सरबाट पीडित जोशीको स्वामीकार्तिक खापर गाउँपालिका–४ स्थित आफ्नै निवासमा मृत्यु भएको सो गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाले राससलाई जानकारी दिए ।
विसं २०७९ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित उपाध्यक्ष जोशीले लामो समयदेखि क्यान्सरको उपचार गराइरहेकी थिइन् । उनी नेपाली कांग्रेस जिल्ला कार्यसमिति बाजुराको सदस्य पनि थिइन् ।