arrow

उच्च मूल्यमा अलैँचीको कारोबार

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ४ बिहिबार
alaichi-cadamom.jpg

ताप्लेजुङ । नेपाली बजारमा यस वर्षकै उच्च मूल्यमा अलैँचीको कारोबार भएको छ । पूर्वी पहाडी जिल्लाहरुमा अलैँची प्रतिमन अर्थात् ४० किलोग्राम ७७ हजार रुपियाँमा ताप्लेजुङ सदरमुकाम फुङ्लिङ बजारमा कारोबार भएको हो । कारोबार भएको अलैँचीको मूल्य यस वर्षकै उच्च हो ।

केही दिनयता अलैँचीको मूल्य एक हजार र दुई हजार रुपियाँको दरले निरन्तर वृद्धि हुँदै आएकोमा अहिले उच्च मूल्यमा कारोबार भएको हो ।अलैँची झापाको बिर्तामोडमा भने ७९ हजार रुपियाँसम्ममा कारोबार हुने गरेको छ ।

अलैँचीको मूल्य निरन्तर वृद्धि हुँदै गएपछि स्थानीय किसान तथा व्यवसायी हर्षित भएका छन् । अहिलेको अलैँचीको मूल्य यस वर्षको मात्र नभई चार–पाँच वर्षयताकै राम्रो हो । 

गत वर्ष अलैँची प्रतिमन २६ देखि अधिकतम ३२ हजार रुपियाँसम्ममा कारोबार भएको व्यवसायीले बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ