arrow

पुसमा ७७ जना फरार प्रतिवादी पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २ मंगलबार
pakrau9.jpg

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले पुस महिनामा मात्रै विभिन्न मुद्धामा अदालतको फैसला बमोजिम फरार रहेका ७७ जना प्रतिवादी पक्राउ गरेको छ ।

अदालतबाट विभिन्न मुद्धामा फैसला भइ कैद तथा जरिवाना भुक्तान गर्न बाँकी ७७ जना फरार प्रतिवादीलाई पक्राउ गरी सम्मानित अदालतमा बुझाइएको कास्की प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) श्रवणकुमार विकले जानकारी दिए ।

पक्राउ परेकाहरुबाट ३ लाख ३ हजार ७ सय ५ रुपैयाँ जरिवाना पनि लिइएको छ ।

पक्राउ पर्नेहरुमा चेक अनादारसम्बन्धी मुद्धामा ४४ जना, सार्वजनिक स्थानमा अभद्र व्यवहारसम्बन्धी मुद्धामा ३ जना, जालसाझी मुद्धामा ३ जना, लागूऔषधसम्बन्धी मुद्धामा १३ जना, अभद्र व्यवहारसम्बन्धी मुद्धामा १ जना, झुट्टा विवरण पेश गरी नागरिकता लिएको मुद्धामा १ जना, जुवातास मुद्धामा ३ जना, सार्वजनिक अपराधसम्बन्धी मुद्धामा १ जना, दोहोरो नागरिकता लिएको सम्बन्धी मुद्धामा २ जना पक्राउ परेका छन् ।

यसैगरी ज्यान सम्बन्धी मुद्धामा १ जना, सवारी ज्यान मुद्धामा १ जना, गैर कानूनी कारोवारसम्बन्धी मुद्धामा १ जना, अपुतालि हक कायमसम्बन्धी मुद्धामा १ जना र लेनदेन (बिगो सम्बन्धी) मुद्धामा २ जना पक्राउ गरेका डिएसपी विकले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ