arrow

ट्याक्सीले कारलाई ठक्कर दिँदा ११ जना घाइते [नामसहित]

logo
सरोजश्री अधिकारी, 
प्रकाशित २०८० माघ १ सोमबार
accident-2080-10-01.jpg

धुलिखेल । काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिका वडा नं ८ डिप्सास्थित बीपी राजमार्गमा ट्याक्सीले कारलाई ठक्कर दिँदा ११ जना घाइते भएका छन् । 

इलाका प्रहरी कार्यालय मंगलटारका अनुसार दिउँसो ३ः३० बजेको समयमा काठमाडौँबाट मंगलटार तर्फ जादै गरेको बीएबी २९२५ नं को कारलाई विपरीत दिशा मंगलटारबाट धुलिखेलतर्फ आउँदै गरेको बा २ ज ३९४३ नं को ट्याक्सीले ठक्कर दिएको थियो । 

दुर्घटनामा घाइते भएकाहरुको मेथिनकोट अस्पताल भकुण्डे र धुलिखेल अस्पतालमा उपचार  भैरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते हुनेहरुमा महोत्तरी जिल्ला बर्दिबास नपा१ बस्ने वर्ष ४१ का कार चालक मदनबहादुर तामाङ, सो कारमा सवार काठमाडौँ जिल्ला सुकेधारा बस्ने वर्ष ३७ की शर्मिला तामाङ र  निजकै छोरा वर्ष १२ का निकेश तामाङ, निजकै छोरी वर्ष ६ की एन्जल तामाङ, ट्याक्सी चालक काभ्रे जिल्ला चौरिदेउराली गपा ५ बस्ने वर्ष ३६ का मनिज तिवारी, वर्ष ३० का लक्ष्मण तिवारी, निजकै छोरा वर्ष ११ का आयुष तिवारी,  सोही स्थान बस्ने वर्ष २४ का सुमन गौतम, वर्ष १७ का पवन तिवारी, वर्ष २३ का दिपेन्द्र गौतम, वर्ष २२ का सुनिल तिवारी रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ