arrow

नौ जुवाडे रंगेहात पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २९ आइतबार
kouda-tash-juwa.jpg
तस्बिर-फाइल

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले गएराति नौ जना जुवाडेलाई पक्राउ गरेको छ । पोखराको न्यूरोडमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट १ लाख २२ हजार १ सय ७५ रुपैयाँ बरामद भएको कास्की प्रहरीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले जानकारी दिए ।

पक्राउ परेकाहरु विरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुरसम्बन्धी मुद्दामा दिन दश म्याद लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं. ८ न्यूरोडका बर्ष ३५ की दीपा पुन, पोखरा-१ बगरका बर्ष ५४ का जितबहादुर गुरुङ, पोखरा-११ का बर्ष ३६ की दिप्लव चोचाङ्गी, पोखरा-१८ की बर्ष ३६ की पवित्रा ढकाल, पोखरा-११ फूलवारीका बर्ष ७१ का तीर्थबहादुर गुरुङ छन् ।

यसैगरी पोखरा-१७ बिरौटा बस्ने बर्ष ५० की आइती गुरुङ, बर्ष ३२ का नवीन थापा, पोखरा-१० रामबजारका बर्ष ३५ का अमर खनाल, पोखरा-१४ का बर्ष ३६ का कुलबहादुर गुरुङ पक्राउ परेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ