arrow

नरेन्द्र मोदी राम मन्दिर प्राण प्रतिष्ठाका लागि ११ दिने अनुष्ठानमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २८ शनिबार
modi-nasik-modis-twitter.jpg

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अयोध्यामा आगामी माघ ८ गते (२२ जनवरी) मा हुने राम मन्दिरको प्राण प्रतिष्ठाका लागि ११ दिने विशेष अनुष्ठानमा बसेका छन् । 

उनी शुक्रबारदेखि नै विशेष अनुष्ठानमा बसेको बताएका छन् । मोदीले नासिकमा जलाभिषेक गरेर अनुष्ठानको शुरुआत गरेका हुन् । 

मोदीले भनेका छन्, ‘म भावनालाई शब्दमा बाँध्न पाइरहेको छैन । कयौँ पीँढिका सपना साकार हुँदैछन् ।’

अयोध्यामा माघ ८ गते रामललाको प्राण प्रतिष्ठा हुँदैछ । प्राण प्रतिष्ठा १ मिनेट २४ सेकेन्डको हुनेछ । स्थानीय समयअनुसार दिउँसो १२ः२९ मिनेट ८ सेकेन्डमा प्राण प्रतिष्ठाको मुहूर्त हुनेछ । 

प्राण प्रतिष्ठाका दौरान गर्भगृहमा पाँच जना सरिक हुनेछन् । जसमा मोदी, मुख्य मन्त्री आदित्यनाथ योगी, राज्यपाल आनन्दीबेन पटेल, संघ प्रमुख मोहन भागवत र अनुष्ठानका आचार्य नेपालका दुर्गाप्रसाद गौतम रहने छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ