arrow

मित्रमिलन सहकारीका लेखा संयोजक अधिकारी पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २७ शुक्रबार
surya-bahadur-adhikri-kaskipolice.jpg

पोखरा । पोखरास्थित मित्रमिलन सहकारीका लेखा समिति संयोजक सूर्य अधिकारीलाई पक्राउ परेका छन् । उनलाई पोखरा महानगरपालिका वडा नं. १३ कसेरीबाट बुधबार पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।

पक्राउ परेका अधिकारीलार्ई जिल्ला अदालत कास्कीमा पेश गरिएको छ । उनी पोखरा १३ स्थित विजय माविका शिक्षकसमेत हुन् । 

ठगी प्रकरणमा यसअघि पक्राउ परेमा सहकारीका अध्यक्ष रमण पौडेल, कार्याकारी अधिकृत किरण अधिकारीसहित सदस्य गोपाल खनाल, सल्लाहकार राजु बराल र  सदस्य बुद्धिसागर पौडेल पुर्पक्षका लागि कारागार चलान भइएका छन् । 

साथै यसै प्रकरणमा जोडिएका सहकारी रजिष्टारको कार्यालय पोखराका पूर्व रजिष्ट्रार उदयबहादुर पराजुलीसमेत पुर्पक्षका लागि कारागार चलान भएका छन् । यस प्रकरणमा ३३ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएकामा अधिकांश अझै फरार छन् ।

उनीहरुको विभिन्न तरिकाबाट खोजी भइरहेको कास्की प्रहरीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले जानकारी दिए । 

यता, मित्रमिलन सहकारीका पीडितहरुले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । उनीहरुले जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीलाई ज्ञापनपत्र बुझाएका हुन् । 

सहकारी पीडित मीनबहादुर श्रेष्ठको नेतृत्वमा ४२ जना पीडितको हस्ताक्षरसहित ज्ञापनपत्र बुझाइएको हो । उनीहरुले आफूलाई पीडा दिने पीडकहरु खुलेआम हिँडिरहेको भन्दै तत्का पक्राउ गरी कानूनी कठघरामा ल्याउन माग गरेका छन् ।

उनीहरुले सहकारीमा अनियमितता भएको बारेमा सहकारी रजिष्टारको कार्यालयमासमेत उजुरी दिएकाे तर कतैबाट पनि न्याय नपाएको दुःखेसो पोखेका छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ