arrow

बमजनलाई थुनामा राखी अनुसन्धान गर्न आदेश 

सर्लाहीमा राख्ने ठाउँ नभएपछि महोत्तरी पुर्याइयाे

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २६ बिहिबार
bamjan-cib-distric-court.jpg

काठमाडौँ । सर्लाही जिल्ला अदालतले तपस्वी भनिने रामबहादुर बमजनलाई थुनामा राखी अनुसन्धान गर्ने आदेश दिएको छ । न्यायाधीश विष्णुप्रसाद रेग्मीको एकल इजलासले बमजनलाई थुनामा राखी अनुसन्धान गर्ने आदेश दिएको हो ।

सर्लाहीमा राख्ने ठाउँ नभएपछि उनलाई महोत्तरी पुर्याइएको छ ।

यौन सन्तुष्टि प्राप्त गर्ने तथा बाल यौन शोषण मुद्दामा बादीका तर्फबाट जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख कैलाश दहालले बहस गरेका थिए ।

यसैगरी प्रतिबादीको तर्फबाट डा कुन्चाङ लामा, महनिधी सेढाई, दिलिप झा, अमृतकुमार लामासहित पाँच जना कानून व्यवसायीले बहस गरेका थिए ।

मंगलबार बेलुकी पक्राउ गरेर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बमजनलाई बुधबार हत्कडीसहित सार्वजनिक गरेको थियो ।

बमजनको साथबाट नेपाली रुपैयाँ ३ करोड ४ लाख, अमेरिकी डलर १७ लाख ९७ हजार १६४ रुपैयाँ, भारतीय रुपैयाँ १ लाख ७६ हजार र चिनियाँ युआन ५ लाखभन्दा बढी बरामद गरेको प्रहरीको भनाइ छ । 

साथै अष्ट्रेलियन डर, युरो, क्यानेडियन डलर, डेनिस कर्नर, इन्डोसियन रुपैयाँ, मलेसियन रिंगेट, कोलम्बियन पेसो, इजरायली न्यू सकेकल, थाई भाट, यूएई दिराम, साउदी अरेबियन रकम, भुटानी र सिंगापुरको पैसा पनि भेटिएका छन् ।
 
सीआईबीले बम्जनलाई उनीविरुद्ध उजुरी परेको सर्लाही पठाएसँगै अदालतले थुनामा राखी अनुसन्धान गर्न आदेश दिएको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ