बलात्कार दोषमा जेल सजाय भएपछि सन्दीपलाई क्यानले गर्यो निलम्बन
हाम्रा कुरा
प्रकाशित २०८० पुष २६ बिहिबार
938
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । नेपाल क्रिकेट संघ क्यानले बलात्कार अभियोगका दोषी क्रिकेटर सन्दीप लामिछानेलाई निलम्बन गरेको छ । बलात्कारमा दोषी ठहर सन्दीपलाई अदालतले आठ वर्षको कैद सजाय सुनाएपछि बिहीबार क्यानले घरेलु र अन्तर्राष्ट्रिय खेलबाट निलम्बन गरेको हो ।
न्यायाधीश शिशिरराज ढकालको इजलासले बुधबार सन्दीपलाई आठ वर्ष कैद सजाय र ५ लाख क्षतिपूर्ति भराउने आदेश गरेको थियो । पीडित गौशाला– २६ ले २०७९ भदौ २१ गते सन्दीपविरुद्ध गौशाला प्रहरी कार्यालयमा दिएको उजुरीमा यही पुस १३ गते न्यायाधीश ढकालको एकल इजालसले सन्दीपलाई दोषी ठहर गरेको थियो ।