वडाध्यक्ष मृतावस्थामा भेटिए, अनुसन्धान गर्दै प्रहरी
हाम्रा कुरा
प्रकाशित २०८० पुष २६ बिहिबार
1.1k
Shares
कञ्चनपुर । मोटरसाइकलमा हिँडेका वडाध्यक्षले ज्यान गुमाएका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका–६ का वडाध्यक्ष एवं नगर प्रवक्ता महेन्द्र खड्का मृतावस्थामा भेटिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक कमल थापाले भीमदत्त –६ ऐठपुरस्थित सडकमा मोटरसाइकल दुर्घटनामा परी गए राति वडाध्यक्ष खड्काको मृत्यु भएको हुन सक्ने जानकारी दिए ।
“बाटोमा राखिएका पाइपमा ठोक्किएर मोटरसाइकल दुर्घटना भएको देखिन्छ”, प्रहरी उपरीक्षक थापाले भने, “रातिको समयमा घटना भएको देखियो ।” उनले भीमदत्त नगरप्रमुख पदम बोगटीसहित जनप्रतिनिधिलाई घटनाबारे जानकारी गराएको बताए ।
“प्रारम्भिक हेर्दा मोटरसाइकल दुर्घटनामा परी वडाध्यक्ष खड्काको मृत्यु भएको देखिन्छ”, प्रहरी उपरीक्षक थापाले भने, “घटनाको विस्तृत अनुसन्धान प्रहरीले थालिसकेको छ ।”
बुधबार दिउँसो भीमदत्त नगरपालिकामा आयोजित सार्वजनिक सुनुवाइमा वडाध्यक्ष खड्का सहभागी भएका थिए ।