arrow

भिमादमा जीप दुर्घटना : घाइते एक जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २५ बुधबार
Tanahu-hamrakura.jpg.jpeg

तनहुँ । तनहुँको भिमाद नगरपालिका–५ सुनाकोटस्थित बारलथुम्कीको घुम्टीमा भएको जीप दुर्घटनामा एकजनाको मृत्यु भएको छ । 

पोखराबाट पाल्पाको रामपुर जॉदै गरेको यात्रुवाहक जीप आज दुर्घटना हुँदा घाइते एकको मृत्यु भएको हो । 

घाइतेको जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए । मृतकको पहिचान खुल्न बाँकी छ ।

ग१ज ६३५६ नंको जीप घुम्ती सडकबाट करिब डेढ सय मिटर तल खसेको थियो । जीपमा सवार चालकसहित १२ जनाको उद्धार गरेर जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा ल्याइएको हो । 

थप उपचारका लागि तीनजनालाई पोखरा पठाइएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ