टिपरको ठक्करबाट मोटरसाइकलमा सवार एकको मृत्यु, एक घाइते
हाम्रा कुरा
प्रकाशित २०८० पुष २३ सोमबार
1.4k
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । काठमाडौँ महानगरपालिका–२६ गौँङ्गबु मित्रनगर एक नम्बर गेट नजिक सडकमा बा प्र ०३–००१ प ०५०० नं को टिपरले बा ५४ प ५२६६ नं को मोटरसाइकललाई गएराति ठक्कँर दिँदा मोटरसाइकलमा सवार काठमाडौँ तारकेश्वर नगरपालिका चिसापानी बस्ने गोरखा घर भएका २५ वर्षीय रनबहादुर तामाङको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका तामाङको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।
टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी प्रधानकार्यालयले जनाएको छ ।