arrow

स्थानीय प्रशासन र प्रदर्शनकारीबीच बरहथवा घटनामा एघार बुँदे सहमति

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २२ आइतबार
sarlahi.png
तस्बिर – फाइल ।

मलङ्गवा । सर्लाहीको बरहथवा घटनामा स्थानीय प्रशासन र प्रदर्शनकारीबीच एघार बुँदे सहमति भएको छ । जिल्ला प्रशासन कार्यालय मलङ्गवामा भएको सहमतिअनुसार अब बरहथवास्थित नगर अस्पताल यसअघि नगर कार्यपालिकाको निर्णयबमोजिम मधेश सरकारलाई हस्तान्तरण गरिनेछ । 

अस्पताललाई स्तरोन्नति गरेर ५० शय्याको बनाइने छभने प्रदर्शनको क्रममा गोली लागेर  ज्यान गुमाएका जयशङ्कर साहको नाममा अस्पतालको नामाकरण गरिने र नगरपालिकाले मृतकको परिवारलाई रोजगारी प्रदान गर्ने सहमति भएको प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जानकारी दिए । 

प्रदर्शनरत पक्ष र स्थानीय प्रशासनसँग ११ बुँदे सहमति भएसँगै आन्दोलनका सबै कार्यक्रम तत्काल रोक्न आन्दोलनरत समूह सहमत भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ