arrow

सांसद शर्माको धनकुटामा भव्य स्वागत

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २२ आइतबार
sunil-sharma-dhankuta-2080-.jpg

धनकुटा । जनपक्षीय सवालमा खरो उत्रँदै आएका नेपाली कांग्रेसका सांसद डा. सुनील शर्मालाई धनकुटामा भव्य स्वागत गरिएको छ । 

पार्टी भन्दा माथि उठेर आवाज बुलन्द गर्दै आएका मोरङका सांसद शर्मालाई धनकुटामा फूलमालासहित भव्य स्वागत गरिएको हो ।

उनको स्वागतमा नेपाली कांग्रेस धनकुटाले औपचारिक कार्यक्रम नै गरेको छ । सांसद शर्माको फोटोसहितको ब्यानर राखेर कांग्रेसले उनीसँग भेटघाट र अन्तरक्रिया कार्यक्रम गरेको हो । 

जनपक्षीय सवालमा गलत गर्ने आफ्नै पार्टीका नेताहरूलाई पनि नछोड्ने उनी अहिले चर्चाको शिखरमा छन् । 

आफ्नै पार्टी सभापतिको कमजोरीमा पनि उनी खुलेर विरोध गर्छन् । उनले आफ्नै पार्टीका अर्थमन्त्रीको विषयमा विरोध जनाए । सत्ता साझेदार दलको सांसद भएर पनि उनी अहिले सरकारको कमजोरीमा खुलेर बोलिरहेका छन् । 

सरकारले जनपक्षीय काम गर्न नसेको भन्दै उनले यही अवस्थामा कांग्रेसले समर्थन गरेर बसिरहन नहुने तर्क गर्दै आएका छन् ।

धनकुटामा भएको कार्यक्रममा पनि उनले सरकारको विरोध गरे । कार्यकर्ताहरू माझ उनले यही अवस्थामा कांग्रेस सरकारमा बसिरहन उपयुक्त नहुने तर्क राखे । 

उनले पार्टी नेतृत्वप्रतिको असन्तुष्टि पनि पोखे । नराम्रो काम गर्ने आफ्नै पार्टीका नेता भए पनि नछोड्ने र राम्रो काम गर्ने फरक पार्टीकै मान्छेलाई पनि प्रशंसा गर्ने नेपाली राजनीति भित्रको नौलो र विरलै देखिने स्वभावका कारण उनी जनप्रिय बन्दै गएका छन् । 

नेपाली राजनीतिमा पनि उनको प्रभाव बढ्दै गएको छ । उनले पाउँदै आएको सम्मानले पनि यो कुरा प्रस्ट्याएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ