arrow

मुख्यमन्त्री शाहको दाबीः सरकार सुशासन कायम र भ्रष्टाचार नियन्त्रणमा लागेको छ

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २२ आइतबार
kamal-shaha-cm-sudurpaschim-rss.jpg

डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकार सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रण गर्न लागिपरेको बताएका छन् । 

नेपाल प्रेस युनियनले डोटीको दीपायलमा आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहले भने, “सुशासन र भ्रष्टाचारका विषयमा कसैसँग सम्झौता हुँदैन ।”

मुख्यमन्त्री शाहले भने, “चाहे तल्लो तहको हुन् वा माथिल्लो तहका हुन् । सबैलाई समान व्यवहार गरिनेछ ।”

मुख्यमन्त्री शाहले प्रदेश संरचना कुनै व्यक्तिले चाहेर नबनेको बताए ।

प्रदेश संरचना खर्चिलो भयो भन्ने प्रश्नमा मुख्यमन्त्री शाहले भने, “हिजो पनि कुनै न कुनै रूपमा यस्ता किसिमका सरकार निर्माण गर्ने, अधिकार दिने, कार्यान्वयन गर्ने कुरा भएका थिए, त्यतापट्टि फर्किएर हेर्नुभयो भने यो कुरा सामान्य देख्नुहुन्छ ।”

उनले प्रदेश संरचना जनताका लागि र जनताले चाहेर निर्माण भएको बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ