arrow

मृतकका आफन्तले गरे नेपालगञ्ज–कोहलपुर सडक अवरुद्ध

logo
सौरभ गिरी, 
प्रकाशित २०८० पुष १९ बिहिबार
nepajung-road-2080-09-19.jpg

नेपालगञ्ज । बाँकेको नेपालगञ्ज–कोहलपुर सडकखण्ड अवरुद्ध भएको छ । नेपालगञ्जको कारकाँदोमा पुस १५ गते राति स्कारपियोको ठक्करबाट दुई जनाको मृत्यु भएको घटनामा प्रहरी प्रशासनले तदारुकताका साथ काम नगरेको भन्दै मृतकका आफन्तले सडक अवरुद्ध पारेका हुन् ।  

मृतकका आफन्तले अहिले टायर बालेर सडकमा प्रदर्शन गरिरहेका छन्  । मध्यान्हदेखि सडक अरुरुद्ध छ । नेपालगञ्ज–१८ कारकाँदोमा सूदुरपश्चिम ०१००१ च ३४६४ नम्बरको स्कर्पियोले ठक्कर दिँदा २४ वर्षीया आस्था शाह र बर्दियाको राजापुर नगरपालिका–१० का २५ वर्षीय मायाराम थारुको मृत्यु भएको थियो । उक्त दुर्घटनामा परी नेपालगञ्ज–१३ की २५ वर्षीया साहाना शाह घाइते भएकी थिइन् । 

उनी उपचाररत छिन् । चालक कैलाली लम्किचुहाका रामराज जैसीलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ