एमाले सांसद कोइरी निलम्बन फुकुवापछि पहिलोपटक संसदीय समितिमा
हाम्रा कुरा
प्रकाशित २०८० पुष १९ बिहिबार
1.2k
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी बिहीबार संसदीय समितिमा सहभागी भएका छन् । सशस्त्र प्रहरीका असई थमन विकको हत्या आरोप लागेपछि निलम्बनमा परेका उनी निलम्बन फुकुवा भएसँगै पहिलोपटक बिहीबार संसदीय समिति बैठकमा सहभागी भएका हुन् ।
गत १९ बैशाखदेखि निलम्बनमा परेका कोइरी बिहीबार उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उपस्थित भएका हुन् ।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले यही ८ पुसमा सांसद कोइलीको निलम्बन फुकुवा गरेका थिए । कोइरी गत वर्ष निर्वाचित भए पनि सार्वजनिक रुपमा खुलेआम भएका थिएनन् ।