arrow

रुसी सेनामा कार्यरत स्याङ्जाका अर्यालको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १७ मंगलबार
russia-ukraine-war-wall-steet-journal.jpg
तस्बिर-फाइल

पोखरा । करिब दुई महिना अघिमात्र रुस पुगेर रुसी सेनामा भर्ती भएका स्याङ्जाका एक युवकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा स्याङ्जाको वालिङ नगरपालिका वडा नं. १४ मान्खुका २३ वर्षीय हरि अर्याल रहेका छन् । 

वालिङ-१४ का वडाध्यक्ष राजु कुँवरका अनुसार अर्यालको डिसेम्बर ३ अर्थात मंसिर १७ गते युद्धका क्रममा मृत्यु भएको हो । उनको मृत्यु भएको औपचारिक जानकारी पुस १२ गते मात्रै आएको वडाध्यक्ष कुँवरले हाम्राकुरालाई जानकारी दिए ।

उनी दुवईबाट कात्तिक ३ गते रुसतर्फ लागेका थिए । यसअघि नेपाली सेनामा कार्यरत अर्याल सेनाको जागीर छाडेर यूएई हुँदै रुस पुगेका थिए । 

त्यसपछि उनी रुसी सेनामा भर्ति भएको बताइएको छ । रुसी सेनाका तर्फबाट युद्धमा सहभागी भएका अर्याल करिब ३ वर्ष नेपाली सेनामा कार्यरत रहेको बताइन्छ । 

स्याङ्जाको वालिङ नगरपालिकाबाट मात्रै अन्य ३/४ जना रुसी सेनामा भर्ना भएको र उनीहरू त्यहाँ भागेर बसेको खबर पाएको समेत उनले जानकारी दिए । अर्यालको परिवारमा बुबा, आमा र दुई दाजु र भाउजु छन् 

अहिलेसम्म अर्यालसहित रुसी सेनामा ९ जना नेपालीको मृत्यु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ