arrow

ट्यांकरले अटोलाई ठक्कर दिँदा नयाँ वर्ष मनाउन आएका दुई भारतीयको मृत्यु, चार घाइते 

logo
प्रिमेश शिवाकोटी, 
प्रकाशित २०८० पुष १७ मंगलबार
auto-accident-2080-09-17.jpg

चन्द्रपुर । रौतहटको चन्द्रपुर–५ मा गएराति भएको दुर्घटनामा दुई भारतीयको मृत्यु भएको छ । ट्यांकरले अटोलाई ठक्कर दिँदा दुई भारतीय नागरिकको ज्यान गएको हो । 

पूर्व–पश्चिम राजमार्गको चिडियादह चोक नजिक सर्लाही जाँदै गरेको ट्यांकरले नुनथरबाट आउँदै गरेको अटोलाई ठक्कर दिँदा त्यसमा सवार दुई भारतीयको मृत्यु भएको हो । 

बागमतीको नुनथरबाट चन्द्रनिगाहपुरतर्फ आउँदै गरेको गरेको ज १ ह ४४८५ नम्बरको अटोलाई अम्लेखगञ्जबाट सर्लाहीतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख १९२७ नम्बरको तेल बोक्ने ट्यांकरले ठक्कर दिएको थियो । 

अटोमा सवार भारतको सितामाढी जिल्ला डुमरी बस्ने ३५ वर्षीउ पिंकु सिंह र सोही गाउँ बस्ने २२ वर्षीय अवधेश झाको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।

मृतक दुवै अग्रेजी नयाँ वर्ष मनाउन चन्द्रपुर–१ स्थित बागमतीको नुनथर आएका थिए । साँझ उनीहरु टेम्पो चढेर चन्द्रनिगाहपुरतर्फ आउँदै गर्दा ट्यांकरले ठक्कर दिएको थियो । 

उनीहरुको शव नारायणी अस्पतालमा राखिएको छ । चार जना घाइतेको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको छ भने ट्यांकर चालक दुर्गा भगवती गाउँपालिका–६ गंगापिपराका २६ वर्षीय प्रविण साहलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ