arrow

एमडीएमएस खरीदमा कुनै अनियमितता भएको छैन – दूरसञ्चार प्राधिकरण

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १६ सोमबार
nta-logo-2080.jpg

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल उपकरण व्यवस्थित गर्न सञ्चालनमा ल्याएको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) मा कुनै अनियमितता नभएको स्पष्ट पारेको छ । 

विभिन्न सञ्चार माध्यममा एमडीएमएसको ठेक्कामा अनियमितता भएको भनी समाचार आएसँगै प्राधिकरणले प्रेस विज्ञप्ति जारी गर्दै यसमा कुनै सत्यता नभएको स्पष्ट पारेको हो । 

प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जारी गरेको विज्ञप्तिमार्फत उक्त समाचारलाई तथ्यहीन, भ्रामक र चरित्र हनन् गर्ने समाचार भन्दै खण्डन गरेको उल्लेख छ । 

विज्ञप्तिमा एमडीएमएस प्रणाली मोबाइल उपकरणहरुको आयात, प्रयोग तथा बिक्री वितरणलाई थप व्यवस्थित गर्न, हराएका तथा चोरी भएका मोबाइलहरुको ट्रयाक तथा ब्लक गर्न तथा प्रामाणिक मोबाइल सेटहरु पहिचान गर्न मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्राधिकरणबाट सञ्चालनमा ल्याइएकोसमेत उल्लेख गरिएको छ । 

‘दूरसञ्चार प्राधिकरणमा अर्को अनियमितताः पूर्वसचिवकै हस्ताक्षर कीर्ते गरेर एमडीएमएसको ठेक्का’ शीर्षक राखेर समाचार आएको भन्दै प्राधिकरणले विज्ञप्तिमा कहाँ कसरी राय सुझाव प्राप्त भएको र कसलाई कसरी रकम भुक्तानी गरिएकोसमेत उल्लेख गरेको छ । 

प्राधिकरणले छनोट सम्बन्धमा परेको उजुरीबारे स्पष्ट पार्दै प्रमाणसहित भनेको छ, 'उक्त प्रणाली खरिदको छनौटको क्रममा परेको उजुरी सम्वन्धमा खरिद विज्ञ श्री सुरेश प्रधानलाई मिति २०७६|१|१७ गते नियुक्त गरिएको र निजको Email Address: suresh.pradhan@yahoo.com मार्फत Mon, May 6, 2019, 11:14 PM मा राय तथा सुझाव प्राप्त भएको र सो वापत निजलाई कर बाहेक रु ४०,००० निजको एभरेष्ट बैंक लिमिटेड, नयाँ बानेश्वर शाखा खाता नं. ००१००५०१XXXXXX मार्फत भुक्तानी समेत भएको व्यहोरा जानकारीको लागि अनुरोध छ ।'

प्राधिकरणले प्राधिकरणमा हुने कामकारबाहीबारे खबर सम्प्रेषण गर्दा प्रवक्ता तथा सहायक प्रवक्तामार्फत सत्य तथ्य बुझी सत्य तथ्यमा आधारित भइ सम्प्रेषण गर्नसमेत अनुरोध गरेको छ । 

यस्तो छ विज्ञप्ति– 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ