arrow

मधेसी मुलका बाहेकका मन्त्री र अध्यक्षलाई पक्राउ गरेर देखाउन सीकेको चुनौती

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १६ सोमबार
ck-raut-arrest-2080-09-16.jpg

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले सरकारले मधेसीहरुलाई रंग विभेद गरेको आरोप लगाएका छन् । 

सोमबार माइतीघर मण्डलामा प्रदर्शनका क्रममा पक्राउ परेसँगै प्रहरी हिरासतबाट छुटेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । 

उनले आफूहरुले निषेधित क्षेत्र नतोडेको बरु कला परिषद्बाटै प्रहरीले आफूहरुलाई धरपकड गरेको बताए । उनले मन्त्री र सांसदलाई जुनकुनै बेला पनि समात्ने सरकारले जनतालाई कस्तो स्वतन्त्रता दिएको होला ? भन्दै प्रश्नसमेत गरे । 

उनले सरकारले रंगभेदी विभेद गरेको भन्दै यो कुरा संसद र समितिमा प्रस्तावका रुपमा लैजाने बताए । राउतले मधेसी मुलकी मन्त्री भएकै कारण संघीय मामिता तथा सामान्य प्रशासनमन्त्री अनिता देवीलाई पक्राउ गरेको बताए । 

उनले अन्य पार्टीको राष्ट्रिय अध्यक्षलाई यसरी समात्न सक्छ ? भन्दै प्रश्न गरे । मधेसी मुलका बाहेकका मन्त्री र अध्यक्षलाई यसरी नै पक्राउ गरेर देखाउन उनले चुनौतीसमेत दिए । 

सरकारले केही नगर्दा पनि आफ्नै मन्त्री पक्राउ गर्न मिल्छ ? भन्दै प्रश्न गरे । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ