arrow

सुन्दरहरैँचामा जंगली हात्ती मृत फेला

logo
विवेक मिश्र, 
प्रकाशित २०८० पुष १६ सोमबार
elephant-killed-2080-09-16.jpg

मोरङ । मोरङको सुन्दरहरैँचामा एउटा जंगली हात्ती मृत फेला परेको छ। सुन्दरहरैंचा नगरपालिका–१० को जनजागरण सामुदायिक वनमा करिब १२ वर्षको जंगली हात्ती मृत भेटिएको हो। 

हात्ती मृत भेटिएपछि घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी रञ्जन दाहालले बताए।

प्रहरी र डिभिजन वन कार्यालय मोरङको टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको र कोशीटप्पु वन्यजन्तु आरक्षबाट पशु चिकित्सकको टोली पनि पुगेको छ। 

स्थानीयबासीले पासोमा पारेर हात्ती मारेको शंका प्रहरीले गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ