arrow

नयाँ वर्ष मनाएर फर्कदा स्कारपियोले दियो ठक्कर, दुईको मृत्यु, एक घाइते

logo
सौरभ गिरी, 
प्रकाशित २०८० पुष १६ सोमबार
scarpio-accident-2080-09-16.jpg

नेपालगञ्ज । नेपालगञ्जमा स्कारपियोको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । सुप्रप्र ०१–००१ प ३४६४ नम्बरको स्कारपियोले ठक्कर दिँदा पैदलयात्री नेपालगञ्जकी २४ वर्षीया आस्था शाह र परिचय नखुलेका युवकको मृत्यु भएको छ । अर्की २५ वर्षीया सहाना शाह घाइते भएकी छिन् । उनको बायाँ खुट्टा भाँचिएको प्रहरीले जानकारी दिएको छ।

उनीहरु नयाँ वर्ष मनाएर फर्किने क्रममा स्कारपियोले ठक्कर दिएको थियो। दुर्घटनाबाट गम्भीर घाइते उनीहरुको उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ।

गएराति १२ः४३ बजे नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८, कारकादोमा दुर्घटना भएको थियो । उनीहरु नयाँ वर्ष मनाएर फर्किदै गर्दा स्कारपियोले ठक्कर दिएको प्रहरीले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ