arrow

पोखरामा मध्यरातमा एक मिनेटमात्र आतिशबाजी गरिने

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १५ आइतबार
pokhara-city.jpg
तस्बिर – फाइल ।

पोखरा । पोखरामा आज राति १२ बजे एक मिनेट आतिशबाजी हुने भएको छ । २५ औं सडक महोत्सव स्थल वसुन्धरा पार्कमा एक मिनेटमात्र आतिशबाजी लागिएको महोत्सव आयोजक संस्था रेवान पोखराका अध्यक्ष नरेश भट्टराईले हाम्राकुरालाई जानकारी दिए । 

उनले भने, ‘राज्यको कानूनमा गर्न नपाइने भए पनि २५औं महोत्सव र अंग्रेजी नयाँ वर्ष विश्वभर उल्लासका साथ मनाइरहँदा पोखरामा आतिशबासी नगरिँदा पर्यटकलाई खल्लो हुने महसूस गरेर गृहमन्त्रालयसँग आग्रह गरेर नै गर्न लागिएको हो ।’

गृहले सुरक्षा सतर्कता अपनाउँदै एक मिनेटमात्र आतिशवाजी गर्न अनुमति दिएको उनले बताए । 

आयोजक रेवानले यसअघि आतिशबाजी नगर्ने जनाएको थियो । सरकारले भने आतिशबाजी र पटाकामाथि प्रतिबन्ध लगाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ