अमेरिका पठाइदिन्छु भन्दै १५ लाख ठगेको आरोपमा पार्वती पक्राउ
हाम्रा कुरा
प्रकाशित २०८० पुष १३ शुक्रबार
613
Shares
काठमाडौँ । अमेरिका पठाइदिन्छु भन्दै १४ लाख ९० हजार रूपैयाँ ठगी गरेको अभियोगमा काभ्रेपलाञ्चोक बनेपा नगरपालिका ४ घर भइ काठमाडौँ महानगरपालिका २६ सामाखुसी बस्ने ४६ वर्षीया पार्वती थापालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
थापाले एक जनालाई वैदेशिक रोजगारीका लागि अमेरिका पठाई प्रतिष्ठित कम्पनीमा मासिक ३ लाख ५० हजार रूपैयाँ भन्दा बढी तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम लिई सम्पर्कविहीन भई ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौँ समाखुसीबाट पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।