arrow

सहकारीबाट एक करोड घुस लिएको आरोपमा पराजुली पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष ११ बुधबार
Udaya Bahadur Parajuli.jpg
तस्बिर-फाइल

पोखरा । पर्वको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली पक्राउ परेका छन् ।

आज दिउँसो करिब १ बजे उनलाई कुश्मा नगरपालिकाको कार्यालयबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए ।

पक्राउ परेका पराजुलीलाई पोखरा पठाउन लागिएको इन्स्पेक्टर अधिकारीले बताए ।

सहकारी रजिष्ट्रारको कार्यालय पोखराका पूर्वरजिष्ट्रारसमेत रहेका पराजुलीले पोखरास्थित मित्रमिलन सहकारीको कार्यक्षेत्र विस्तार गर्न भन्दै सहकारीबाट १ करोड ५ लाख रुपैयाँ घुस लिएको आरोप छ ।

उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीले जिल्ला अदालतबाट पक्राउका लागि अनुमति लिएको थियो ।

पराजुली सहसचिवको परीक्षा दिन जाने भन्दै पुस ३ गतेदेखि कार्यालयबाट बिदा लिएका थिए । त्यसपछि सम्पर्कविहीन भएका थिए ।

कार्यालयका अनुसार उनले पुस ८ गतेसम्मका लागि बिदा लिएका थिए । उनले कार्यालयका कर्मचारीसँग पुस १० गते कार्यालय आइपुग्छु भनेका थिए ।

उनी १० गते बिदाको दिन परेकाले आज कार्यालय पुगेका थिए । कार्यालय पुगेकाे केही बेरमै उनी पक्राउ परेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ