arrow

ललितपुरको जिम्दीमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १० मंगलबार
kmc-checkup-2080-09-10.jpg

काठमाडौँ । ललितपुरको जिम्छेमा काठमाडौँ मेडिकल कलेज (केएमसी) ले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । ज्येष्ठ नागरिक चौतारी बागमती गाउँपालिका वडा नं ७ जिम्दीको आयोजनामा श्री नारायणी माविमा भएको उक्त शिविरमा ९७३ बिरामीको उपचार गरिएको थियो । 

जसमा ८९ जनाको ईसीजी, १६८ जनाको ल्याब, १३५ जनाको अल्ट्रासाउन्ड गरिएको अस्पतालका प्रबन्धक नारायण दाहालले बताए । 

त्यस्तै २२ जनाको दाँत खोलिएको थियो भने ४६ जनालाई शल्यक्रियाका लागि रेफर गरिएको थियो । 

नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माले सम्हालेपछि केएमसी संस्थागत सामाजिक उत्तरदायित्वमा सक्रिय देखिएको छ । 

अस्पतालले निरन्तर निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्दै आएको छ । प्रबन्धक दाहालका अनुसार अस्पतालमा पनि बिरामीले सहुलियत पाइरहेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ