arrow

जापानको जोजिरुशीका उत्पादन आफ्नो ट्रेड कन्सर्न प्रालीले थाल्यो बिक्री गर्न

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष ९ सोमबार
zojirushi-2080-09-09.jpg

काठमाडौँ । आफ्नो ट्रेड कन्सर्न प्राली नयाँ बानेश्वरले जापानको 'जोजिरुशी' का उत्पादनहरु नेपालमा बिक्री वितरण शुरु गरेको छ। जोजिरुशीले नेपालको लागि आफ्नो ट्रेड कन्सर्न प्रालीलाई एकमात्र अधिकारिक बिक्रेता नियुक्त गरेको हो ।  

सन् १९१८ मा स्थापना भएको जोजिरुशीले शुरुका समयमा व्याकुम इन्सुलेसन बोटलहरुको निर्माण गरेर आफ्नो यात्रा शुरु गरेको थियो। विस्तारै आफ्ना उत्पादनहरुमा विविधता थप्दै  जोजिरुशीले राइस कुकर, ब्रेड मेकिङ मेशिन र आधुनिक समाजका लागि चाहिने अन्य किचन अप्लाइन्सेसहरुको उत्पादन गरेर वर्तमान समाजको अभिन्न अंग बन्न पुगेको कम्पनीले दाबी गरेको छ ।  

जोजिरुशीका मुख्य उत्पादनहरुमा राइस कुकर, ब्रेड मेकिङ मेशिन, इलेक्ट्रिकल अप्लाइन्सेस, वाटर बोतल्स एन्ड वार्मर्स, भ्याकुम इन्सुलेटेड मग्स एन्ड बोतल्स, भ्याकुम इन्सुलेटेड लन्च जार्स रहेका छन् । 

१०० वर्षभन्दा लामो इतिहास बोकेको यस कम्पनीबाट उत्पादित प्रडक्टहरु गुणस्तरीय, स्वास्थ्यमैत्री र टिकाउ छन् ।  यसका उत्पादनहरु जापान, अमेरिका, सिंगापुर, युरोपलगायत विश्वका  प्रमुख बजारहरुमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । 

यसका राइस कुकर, भ्याकुम इन्सुलेटेड मग्स एन्ड बोतल्सहरु जापानमा सर्वाधिक बिक्री हुने उत्पादनमा पर्दछन् । यसका उत्पादनहरु जापानी प्रबिधि र गुणस्तरसँग समायोजन गरेर उत्पादन गरिने भएको हुँदा यी उत्पादनहरु संसारकै उच्च गुणस्तरको हुनुको साथै आकर्षकसमेत हुन्छन् ।  

यसको मुख्य कार्यालय जापानको ओसाकामा रहेको छ । फ्नो ट्रेड कन्सर्नले  हाल विभिन्न प्रकारका राइस कुकर, ब्रेड मेकिङ मेशिन, इलेक्ट्र‍िकल अप्लाइन्सेस, टर बोतल्स एन्ड वार्मर्स, भ्याकुम इन्सुलेटेड मग्स एन्ड बोतल्स, भ्याकुम इन्सुलेटेड लन्च जार्सहरु आयात गरी नेपाली उपभोक्तालाई उच्च गुणस्तरका बस्तुहरुको बिक्री वितरण शुरु गरेको जनाएको छ । 

जोजिरुशीका उत्पादनहरु ललितपुर, पुल्चोकमा रहेको लबीम मलको एल-६ मा आफ्नो ट्रेड कन्सर्नले सोमबारबाट संचालनमा ल्याएको स्टोरमा उपलब्ध रहेको स्टोरमा उपभोक्ताले आफैले समान निरीक्षण गर्न र समानहरु प्रयोगको बारेमा स्टोरमा कार्यरत कर्मचारीबाट आवस्यक जानकारी लिन सक्ने कम्पनीले जनाएको छ ।

नेपाली र नेपालमा रहेका विदेशीहरुको गुणस्तरीय सामान प्रतिको अभिरूची र आवश्यकतालाई मध्यनजर गर्दै आफ्नो ट्रेड कन्सर्नले जापानको जोजिरुशीले उत्पादन गरेको उच्च गुणस्तरका बस्तुहरु नेपालमा बिक्री वितरण र बिक्रीपछिको सेवा शुरु गर्न पाउँदा खुशी व्यक्त गरेको छ। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ