arrow

कान्तिपुर सिटी कलेजमा स्नातकोत्तर पढ्न पाँच पत्रकारलाई छात्रवृत्ति 

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष ५ बिहिबार
kantipur-city-college-can.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समिति र कान्तिपुर सिटी कलेजबीच आमसञ्चार तथा पत्रकारिता विषयमा स्नातकोत्तर तह अध्ययन गर्न सहुलियतपूर्ण छात्रवृत्ति प्रदान गर्ने सम्बन्धी औपचारिक सम्झौता भएसँगै प्रतिष्ठानमा आवद्ध पाँच जना पत्रकारले अध्ययन गरिरहेको भन्दै प्रदेश समितिले अर्को सेसनका लागि आवेदन आह्वान गरेको छ । 

कान्तिपुर सिटी कलेजले नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिले गर्ने सिफारिसका आधारमा प्रतिष्ठानमा आवद्ध पाँच जना पत्रकारलाई सहुलियत छात्रवृत्तिमा अध्ययनको अवसर दिने सम्झौता यस वर्ष पनि निरन्तर रहेको जनाएको छ ।

जसअनुसार कलेजको सम्पूर्ण अध्ययन शुल्कको रकम र पूर्वाञ्चल विश्वविद्यालयमा लाग्ने सम्पूर्ण शुल्कको रकममा तीन जनाले ६५ प्रतिशत र दुई जनाले ५० प्रतिशत छुट पाउने उल्लेख छ ।

आमसञ्चार तथा पत्रकारितामा स्नातकोत्तर अध्ययन गर्न चाहने प्रतिष्ठान आवद्ध पत्रकारले ईमेल ठेगाना [email protected] मा पुस १५ भित्र आवेदन दिन सक्ने प्रदेश समितिका सचिव नरेन्द्र मानन्धरले जारी गरेको सूचनामा उल्लेख छ । 

सो मिति भन्दा पछाडि प्राप्त भएका आवेदनलाई समावेश नगरिने भन्दै प्राप्त आवेदनहरुमा प्रतिष्ठान प्रदेश समितिले बनाएको कार्यविधि अनुसार अध्ययन गरेर प्रतिष्ठान प्रदेशको बैठकले अनुमोदन गरेपछि कलेजमा सिफारिस गरिने उल्लेख छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ