arrow

डडेल्धुरामा जीप दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

logo
तर्कराज भट्ट, 
प्रकाशित २०८० पुष ४ बुधबार
jeep-accident-dadeldhura.jpg

डडेल्धुरा । डडेल्धुरामा जीप दुर्घटना भएको छ । बुधबार बेलुका जिल्ला सदरमुकामबाट भागेश्वरतर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०४–००१च१८८ नम्बरको जीप अमरगढी नगरपालिका–२ स्थित आइतबजार नजिक दुर्घटनामा भएको हो ।  

दुर्घटनामा परी अमरगढी नगरपालिका–८ बस्ने दानबहादुर ओलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता प्रहरी निरीक्षक कुसुम नायकले बताए । 

दुर्घटनामा घाइते भएका नवदुर्गा गाउँपालिका– ९ बस्ने दीपक बुढाऐर र नवदुर्गा ४ बस्ने दीपेन्द्र बोहराको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । दुर्घटना के कति कारणले भयो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ