arrow

लागूऔषधसहित पोखरा आउँदै गरेका युवक पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष ५ बिहिबार
pakrau9.jpg

पाेखरा । इलाका प्रहरी कार्यालय आँबुखैरनीले एक सय पञ्चानब्बे थान लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले डाइजेपाम, फेनेरागन र नुफिन गरी ६५ एम्पु लागूऔषध बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

चितवन रत्ननगर नगरपालिका-३ निवासी ३६ वर्षीय कृष्णबहादुर लोप्चनलाई लागूऔषधसहित प्रहरीले पक्राउ गरेको हो ।
  
जिल्लाको आँबुखैरेनी गाउँपालिका-४ बेनिटारस्थित पृथ्वी राजमार्ग सडकखण्डमा सवारी साधन जाँच गर्ने क्रममा प्रहरीले लोप्चनलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए । 

सिन्धुलीबाट पोखरातर्फ गइरहेको बसमा सवार लोप्चनले लुकाइछिपाइ ल्याएको लागूऔषध बरामद भएको हो । 

प्रहरीले अभियुक्तलाई तनहुँ जिल्ला अदालतबाट सात दिनको म्याद लिएर हिरासतमा राखेको छ । निजमाथि अनुसन्धान भइरहेको जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ