arrow

रहेनन् पूर्वमन्त्री न्यौपाने

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष ४ बुधबार
yagyaraj-neupane-uml.jpg

मान्म । पूर्वसूचना तथा सञ्चार सहायकमन्त्री यज्ञराज न्यौपानेको निधन भएको छ । कलेजो रोगबाट पीडित उनको आज बिहान भक्तपुरस्थित शहीद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रमा निधन भएको हो । 

मृगौला रोगबाट समेत पीडित ६५ वर्षीय न्यौपानेको उपचारका क्रममा अस्पतालमै निधन भएको उनका आफन्त अधिवक्ता उमाकान्त न्यौपानेले जानकारी दिए । उनको तीन महिनादेखि  प्रत्यारोपण केन्द्रमा उपचार भइरहेको थियो । न्यौपानेका दुई छोरा र तीन छोरी छन् । 

विसं २०५१ मा कालीकोटमा नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित न्यौपाने २०५५ सालमा सूचना तथा सञ्चार सहायकमन्त्री भएका थिए ।

कालीकोटको रास्कोट नगरपालिका–८ फुकोट गाउँमा जन्मिएका न्यौपाने साविक फुकोट गाउँ विकास समितिको अध्यक्षमा समेत निर्वाचित भएका थिए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ