arrow

नेपाल दिगो विकासको लक्ष्य हासिल गर्न प्रतिबद्ध छ: मन्त्री साउद

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष ४ बुधबार
np-saud-new-samiti.jpg

काठमाडौँ । परराष्ट्रमन्त्री नारायणकाप्रकाश साउदले नेपाल दिगो विकासको लक्ष्य हासिल गर्न प्रतिबद्ध रहेको बताएका छन् ।  

संयुक्त राष्ट्रसङ्घ विकास कार्यक्रमले सार्वजनिक गरेको एसिया प्रशान्त क्षेत्रको मानक विकास प्रतिवेदन, २०२४ मा बोल्दै मन्त्री साउदले नेपालले दिगो विकास लक्ष्य हासिल गरेरै छोड्ने बताए । 

नेपालको आन्तरिक र बाह्य कारणले केही ढिलो जस्तो देखिए पनि नेपालले युवा लक्षित शिक्षा, सीपजस्ता कार्यक्रममा लगानी बढाउँदै गएकाले दिगो विकास लक्ष्य हासिल हुन सहज बन्दै गएको बताए । 

पछिल्लो समय जलवायु परिवर्तनको असर नेपालमा मानव विकास र भौतिक विकासमा बाधाको रूपमा देखिएको छ । यो प्रतिवेदनले पनि उल्लेख गरेको छ । यसले गर्दा केही ढिलो हुने भन्ने आशङ्का गरे पनि सरकारको इमानदार प्रयास निरन्तर रहने बताए ।

कार्यक्रममा संयुक्त, राष्ट्रिय सङ्घ विकास कार्यक्रमको नेपाल प्रमुख आइसाने मेडागाङ्गोडा लावेले प्रतिवेदनले एसिया प्रशान्त क्षेत्रको समग्र विषयमा तथ्य सार्वजनिक गरेको बताए । साथै प्रतिवेदनको निष्कर्ष धेरै हदसम्म नेपालको अवस्थासँग मिल्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ