arrow

व्यवस्था भत्काउन कांग्रेसमाथि प्रहार भइरहेको छ – सुरेन्द्रराज पाण्डे 

logo
हरि पन्त, 
प्रकाशित २०८० पुष ३ मंगलबार
surendraraj-pandey-2080-09-03.jpeg

पोखरा । नेपाली कांग्रेसका नेता एवं गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले व्यवस्था भत्काउन कांग्रेसमाथि प्रहार भइरहेको बताएका छन् । नेपाली कांग्रेस गण्डकी प्रदेशको पोखराको सभागृहमा भइरहेको प्रथम सम्मेलनमा सम्बोधन गर्दै पाण्डेले भने, ‘कांग्रेसमाथि जानेर या नजानेर प्रहार भइरहेको छ । यो व्यवस्था भत्काउन कांग्रेसमाथि प्रहारको प्रयास भइरहेको छ ।’

उनले संघीयताका विषयमा विभिन्न हल्ला चलिरहेको भन्दै यसलाई चिर्दै अघि बढ्न पार्टीभित्र एकता कायम हुन आवश्यक रहेकोमा जोड दिए । 

उनले गण्डकी सरकार सशक्त भएर विकासे काममा अगाडि बढेको भन्दै आफ्नो कारणले शिर निहुराएर हिँड्न नपर्ने प्रतिबद्धता जनाए । 

मुख्यमन्त्री पाण्डेले भने, ‘धेरै गर्न नसकुँला तर नराम्रो अवश्य गर्दिन ।’

उनले पार्टीको विधि र विधान सबैले मान्नुपर्ने भन्दै विधान र नीति फेर्नुपर्ने भए बहस गर्न पनि सबैलाई आग्रह गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ