arrow

सकियो एमालेको संकल्प यात्रा [समापन २१ तस्बिरमा]

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १ आइतबार
uml-samapan-2080-09-01.jpg

पाँचथर । नेकपा एमालेको २१ दिन लामो मध्यपहाडी संकल्प यात्रा सकिएको छ । आज पाँचथरको चिवा भञ्ज्याङमा एमाले अध्यक्ष केपी शर्मा ओलीले भण्डा फहराएर सो अभियानको समापन गरेका हुन् । 

करिब २१ दिन गाडीमा हिँडेका ओली आजै काठमाडौँ फर्कन हेलिकोप्टर प्रयोग गर्दैछन् । ओलीलाई पाँचथरबाट चिवा भञ्ज्याङ लैजान पनि हेलिकोप्टरकै प्रयोग भएको थियो । 

चिवाबाट पुनः फिदिम आएर हेलिकोप्टर विराटनगर हुँदै काठमाडौँ आउने कार्यक्रम रहेको एमाले नेताहरुले बताएका छन् । 

चिवा भन्ज्याङमा एमाले अध्यक्षले सो अभियान समापन गरेको शिलालेखसमेत बनाइएको छ । एमालेले बैतडीको झुलाघाटबाट शुरु गरेको समृद्धि अभियान आज सकिएको हो । 

चिवा भञ्ज्याङमा राष्ट्रिय झण्डाको झण्डोत्तोलन र फिदिममा आमसभापछि २१ दिनको उक्त यात्रा औपचारिक रुपमा समापन भएको हो ।

मध्य पहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न एमाले अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू विष्णु पौडेल, सुरन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, युवराज ज्ञवाली, महासचिव शंकर पोखरेल, उपमहासचिवहरू पृथ्वीसुब्बा गुुरुङ, प्रदीप ज्ञावाली र विष्णु रिमाल, सचिवहरू योगेश भट्टराई, गोकर्ण विष्ट, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोली सहित समृद्धिको लागि संकल्प यात्रामा छन् । उनीहरु सबै आजै काठमाडौँ फर्कने कार्यक्रम रहेको छ । 

uml-sankalpa-yatra- (1).jpeg
uml-sankalpa-yatra- (2).jpeg
uml-sankalpa-yatra- (3).jpeg
uml-sankalpa-yatra- (4).jpeg
uml-sankalpa-yatra- (5).jpeg
uml-sankalpa-yatra- (6).jpeg
uml-sankalpa-yatra- (7).jpeg
uml-sankalpa-yatra- (8).jpeg
uml-sankalpa-yatra- (9).jpeg
uml-sankalpa-yatra- (10).jpeg
uml-sankalpa-yatra- (11).jpeg
uml-sankalpa-yatra- (12).jpeg
uml-sankalpa-yatra- (13).jpeg
uml-sankalpa-yatra- (14).jpeg
uml-sankalpa-yatra- (15).jpeg
uml-sankalpa-yatra- (16).jpeg
uml-sankalpa-yatra- (17).jpeg
uml-sankalpa-yatra- (18).jpeg
uml-sankalpa-yatra- (19).jpeg
uml-sankalpa-yatra- (20).jpeg
uml-sankalpa-yatra- (21).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ