arrow

एमालेको २१ दिने संकल्प यात्रा सकिँदै, हेलिकोप्टरसमेत प्रयोग गरेर ओलीबाट समापन

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १ आइतबार
uml-sankalpa-yatra-2080.jpg

काठमाडौँ । एमालेको २१ दिन लामो मध्यपहाडी संकल्प यात्रा सकिँदैछ । आज पाँचथरको चिवा भञ्ज्याङमा एमाले अध्यक्ष केपी शर्मा ओलीले भण्डा फहराएर सो अभियानको समापन गर्दैछन् । 

करिब २१ दिन गाडीमा हिँडेका ओली आजै काठमाडौँ फर्कन हेलिकोप्टर प्रयोग गर्दैछन् । ओलीलाई पाँचथरबाट चिवा भञ्ज्याङ लैजान पनि हेलिकोप्टरकै प्रयोग भएको छ । 

काठमाडौँबाट आज बिहान १० नेपाली सेनाको हेलिकोप्टर त्यता गएको छ । एनए ०५४ एएलएच हेलिकोप्टर फिदिम हुँदै त्यसतर्फ चिवा भञ्ज्याङ पुुग्नेछ  । 

चिवाबाट पुनः फिदिम आएर हेलिकोप्टर विराटनगर हुँदै काठमाडौं आउने कार्यक्रम रहेको एमाले नेताहरुले बताएका छन् । 

चिवा भन्ज्याङमा एमाले अध्यक्षले सो अभियान समापन गरेको शिलालेखसमेत बनाइएको छ । एमालेले बैतडीको झुलाघाटबाट शुरु गरेको समृद्धि अभियानको आज अन्तिम दिन हो । ््

चिवा भञ्ज्याङमा राष्ट्रिय झण्डाको झण्डोत्तोलन र फिदिममा आमसभापछि २१ दिनको उक्त यात्रा औपचारिक रुपमा समापन हुनेछ । 

बिहानै एमाले नेता कार्यकर्ताहरुले चिवाभन्ज्याङको जंगे पिलरमा राष्ट्रिय झण्डा  फहराएका छन् ।

मध्य पहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न एमाले अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू विष्णु पौडेल, सुरन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा , युवराज ज्ञवाली, महासचिव शंकर पोखरेल, उपमहासचिवहरू पृथ्वीसुब्बा गुुरुङ, प्रदीप ज्ञावाली र विष्णु रिमाल, सचिवहरू योगेश भट्टराई, गोकर्ण विष्ट, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोली सहित समृद्धिको लागि संकल्प यात्रामा छन् । उनीहरु सबै आजै काठमाडौँ फर्कने कार्यक्रम रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ