arrow

विश्वप्रकाशले भने- कांग्रेसका मन्त्रीहरूको कामको समीक्षा गर्नेछौँ

काम गरौँ, चुनावको चिन्ता नगरौँ

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १ आइतबार
bishwa-prakash2.JPG

काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसका मन्त्रीहरूको कामको समीक्षा गर्ने बताएका छन् । प्रेस युनियन बागलुङले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा महामन्त्री शर्माले यस्तो बताएका हुन् । 

उनले आगामी फागुन ७ गतेदेखि सुरु हुने नेपाली कांग्रेसको महासमिति बैठकमा अहिलेको सरकारको कामका विषयमा गम्भीर छलफल हुने बताए । 

“अहिले भइरहेको सरकारको काम सुस्त भएको छ, सरकारमा नेपाली कांग्रेस पनि छ”, महामन्त्री शर्माले भने, “सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरूको कामको समीक्षा गर्नेछौँ, आगामी फागुनसम्म सरकारको कामले गति नलिए गम्भीर समीक्षा गर्न बाध्य हुनेछौँ ।”

उनले चार वर्षपछि हुने चुनावको चिन्ता नलिन र काममा केन्द्रित हुन आवश्यक रहेको बताए । उनले चुनावको चिन्ता लिनुभन्दा पनि २०९५ सालसम्म के काम गर्न सकिन्छ भनी विकासको खाका तयार गर्न लाग्नुपर्नेमा जोड दिए । 

“नेपालमा भूकम्पपछि घर पुनः निर्माण गर्नुभन्दा घर भत्कनै नदिने योजना चाहियो, तत्कालै सम्भव नहोला तर १५ वर्षभित्र नेपाल एउटा चरणमा पुग्ने गरी योजना बनाऔँ”, शर्माले भने । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ