arrow

एमाले नेताको निष्कर्ष- जनता राजतन्त्र र नयाँ दलप्रति आकर्षित छैनन् [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ३० शनिबार
prithivisubba-gurung.jpg

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जनता राजतन्त्र वा नयाँ दलप्रति आकर्षित नरहेको सन्देश यात्रामा पाएको बताएका छन् ।

शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको जन्मथलो तेह्रथुमको आठराई गाउँपालिकामा उनले यस्तो बताएका हुन्। 

एमालेको झुलाघाट-चिवाभञ्ज्याङ यात्राले जनताहरू राजतन्त्र र नयाँ दलप्रति आकर्षित नरहेको पाएको बताए । 

उनले नागरिकमा जनताको क्रेज अत्यधिक रहेको पाएको पनि दाबी गरे । उनले एमाले पुरानो पार्टी भयो भन्नेहरूलाई यात्राबाटै जनताले जवाफ दिएको बताए । 

उनले वर्तमान सरकारले विकास निर्माणका कुनै काम अघि बढाउन नसकेको बताए । उनले राजनीतिक रूपले मध्य पहाड क्षेत्र धेरै उर्वर रहेको पाएको बताए ।

उनले भने, ‘पहिलो कुरा यसको राजनीतिक सन्देश के देखियो भने काठमाडौँतिर अहिले हल्ला छ नि । राजतन्त्र फर्किएको हल्ला । त्यो राजतन्त्रको पक्षमा मानिसहरू देखिएन । एमालेप्रतिको क्रेज देखियो । नयाँ दलहरू जो भनिएको छ, पार्टीहरू भन्ने गरिएको छ, एमाले पुरानो पार्टी भयो भन्नेहरूलाई पनि एउटा जवाफ के भने तल जनताको बीचमा नयाँ पार्टीहरूको कुनै क्रेज देखिएन । तेस्रो कुरा सङ्घीयताको पक्षधर भनिएकाहरूले एमाले सङ्घीयता विरोधी भनेर जुन खालको प्रश्न गर्न खोजिएको थियो, त्यसमा पनि प्रश्न देखिएन । एमालेमाथि जुन खालको आरोप लागेको थियो, त्यसको खण्डन जनताले यही यात्रामार्फत दिएको छ । यो सरकारले कुनै निर्माणको काम अघि बढाउन सकेको छैन । राजनीतिक रूपले मध्य पहाड धेरै नै उर्वर देखिन्छ । मध्य पहाडी कोरिडोर बनाएर सडक कोरिडोर बनाइयो तर आर्थिक कोरिडोरको कुनै नीति ल्याइएको छैन । आर्थिक बस्तीका योजना बनाउनुपर्छ ।’

एमाले पहिचान विरोधी होइन, एमाले पहिचान विरोधी भएको भए निर्वाचन प्रणाली किन समावेशी राख्थ्यो । समानुपातिक समावेशी भनेर राखेका छौँ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ