पहिचानवादीको आन्दोलनमा बन्द गर्दै हिँड्ने इलामका जनप्रतिनिधि झापामा पक्राउ
युवराज रेग्मी,
प्रकाशित २०८० मंसिर ३० शनिबार
1.9k
Shares
तस्बिर – फाइल ।
झापा । पहिचानवादीको आन्दोलनमा जनप्रतिनिधि भएर पनि बन्द हड्ताल गर्दै हिँडेको पाइएपछि इलामका एक जना वडा अध्यक्षलाई झापाबाट पक्राउ गरिएको छ ।
इलामको चुलाचुली गाउँपालिका वडा न्र १ का वडाध्यक्ष ध्रुव लावती पक्राउ परेका हुन् । उनलाई प्रहरीले झापाको केरखाबाट आज दिउँसो पक्राउ गरेको हो ।
पहिचानवादी समूहले आह्वान गरेको बन्दमा लावती संलग्न रहेको र पक्राउ गरेर उनलाई इलाका प्रहरी कार्यालय दमकमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।