बालकृष्ण खाँडले धरौटी बुझाए, सम्पत्ति शुद्धीकरण र अख्तियारमा उपस्थित [तस्बिर]
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २९ शुक्रबार
2k
Shares
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँडले काठमाडौँ जिल्ला अदालतमा धरौटी बुझाएका छन् ।
उनले उच्च अदालत पाटनले तोके बमोजिम ३० लाख रुपैयाँ धरौटी बुझाएका हुन् । धरौटी बुझाएर अदालतबाट छुटे पनि उनी प्रहरी नियन्त्रणमै रहेर सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उपस्थित भएका छन् ।
यसअघि न्यायाधीशहरूबीच राय बाझेपछि बिहीबार तेस्रो न्यायाधीशका रुपमा कृष्णराम कोइरालाले यो मुद्दा हेर्दै छोड्ने पक्षमा राय दिएपछि उनी धरौटीमा छुटेका हुन् ।