arrow

शिक्षा तथा स्वास्थ्य क्षेत्रमा दलीय भागबन्डा रोक्नुपर्छ : बिजुक्छे

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २९ शुक्रबार
narayanman.JPG

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले शिक्षा तथा स्वास्थ्य क्षेत्रलाई दलीय भागबन्डाबाट मुक्त नगरेसम्म दुवै क्षेत्रमा गुणस्तर कायम नहुन बताएका छन् । 

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेजको २२ औँ र ख्वप कलेज अफ इञ्जिनियरीङको १५औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित एक कार्यक्रममा उनले शिक्षा र स्वास्थ्य क्षेत्रमा हुने दलीय भागबन्डा अन्त्य हुनुपर्ने बताएका हुन् । 

अध्यक्ष बिजुक्छेले देश र जनताको निःस्वार्थ सेवा गर्ने जनशक्ति उत्पादन गर्ने स्थानमा दलीय भागबन्डा हुन नहुनेमा जोड दिए ।
 
 भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति तयार गर्ने उद्देश्यले स्थापना भएका शैक्षिक प्रतिष्ठानका प्रगति विवरण प्रस्तुत गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ