arrow

पोखराका सहकारीको अनुगमन र नियमन गरिने

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २९ शुक्रबार
Siddgartha Gautam Sahakari.jpg

पोखरा । पोखरा महानगरपालिका सहकारी समितिका अध्यक्ष रवीरमण तिवारीले सहकारीलाई व्यवस्थित बनाउन अनुगमन र नियमनलाई अझै प्रभावकारी बनाउने बताएका छन् ।

पोखरा महानगरपालिका वडा नं. १२ स्थित सिद्धार्थ गौतम बचत तथा ऋण सहकारी संस्थाको एघारौँ साधारणसभामा उनले पछिल्ला समय केही सहकारीका कारण अन्यलाई निकै गाह्रो बनाएको भन्दै अबका दिनमा सहकारीहरु समस्यामा नपरुन् भन्ने उद्देश्यले अनुगमन र नियमनलाई प्रभावकारी बनाउन लागिएको स्पष्ट पारे । 

सहकारीहरुका उजुरी र गुनासालाई सुनुवाई गर्दै समाधानका लागि लागिरहेको तवारी जानकारी दिए । महानगरको सहकारी समितिले पोखराभित्र सञ्चालित सहकारीहरूको हितमा काम गरिरहेकाले आगामी दिनमा अझै प्रभावकारी ढङ्गले काम गर्ने तिवारीले प्रतिवद्धता जनाए । 

अध्यक्ष तिवारीले सहकारीका सेवाग्रासीलाई चिनेजानेको सहकारीमा मात्र कारोबार गर्न सुझाव दिए भने  सहकारीहरुले पनि आफ्ना सेयरधनीसँग कारोबार नगर्न सुझाव दिए ।

सहकारी भनेकै सहकार्य भएको भन्दै उनले सेयर सदस्यबीच सहमति र सहकार्य भयो भने संस्था राम्रोसँग सञ्चालन हुने स्पष्ट पारे । उनले सहकारीले सात सिद्धान्तसँगै मूल्य र मान्यतामा रही काम गर्न सकियो भने सदस्यको विश्वास जित्न सक्ने बताए ।

कास्कीमा ७ सय सहकारी रहेकोमा ३ सय ६८ पोखरा महानगरपालिकाभित्र रहेको उनले जानकारी दिए । 

सहकारीका अध्यक्ष खेमबहादुर गुरुङका अनुसार सहकारीले पोखराको तीन स्थानबाट सेवा दिइरहेको छ । आगामी दिनमा एक सहकारी, एक उत्पादन कार्यक्रमसँगै अन्य कार्यक्रमलाई निरन्तरता दिँदै जाने सहकारीको योजना छ ।

संस्थाका उपाध्यक्ष जगदीश गौतमका अनुसार सहकारीका ७ सयभन्दा बढी सेयर सदस्य र १ हजार २ सयभन्दा बढी कारोबारी सदस्य छन् । 

संस्थाका सचिव सरिता तिम्सिना पंगेनीका अनुसार सहकारीले प्रत्येक ४ महिनामा प्रगति विवरण सार्वजनिक गर्ने गरेको बताइन् । 

कार्यक्रममा सर्वोत्कृष्ट बचतकर्ता, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट दैनिक बचतकर्ता, सर्वोत्कृष्ट निक्षेपकर्ता, उत्कृष्ट निक्षेपकर्ता, ज्येष्ठ सदस्य, सेयर सदस्य, उत्कृष्ट सञ्चालक र कर्मचारीलाई सम्मान गरिएको थियो ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ