arrow

केपी ओलीमाथि हातपात

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २८ बिहिबार
kp-sharma-oli-2080-07-16.jpg
तस्बिर – फाइल ।

धनकुटा । एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि हातपात भएको छ। बिहीबार दिउँसो धनकुटाको लेगुवा भन्ने ठाउँमा उनीमाथि हातपात भएको हो ।

स्वागत गर्न भन्दै फूलमालासहित लाइनमा बसेका एक व्यक्तिले ओलीमाथि हातपात गरेका थिए। प्रहरीले हातपात गर्नेलाई तत्कालै नियन्त्रणमा लिएको छ।

स्वागतका लागि लाइनमा बसेका महेश राईले ओलीमाथि हातपात गरेको देखिन्छ । ती व्यक्तिले मादक पदार्थ सेवन गरेको पाइएको छ।

भिडियोमा उनीमाथि फूलमाला पहिर्याइदिन लाइनमा बसेका ब्यक्तिले एक्कासी मुक्का हानेको देख्न सकिन्छ । 

मध्यपहाडी लोकमार्गकेन्द्रित पूर्वपश्चिम अभियानका क्रममा आज धनकुटा पुगेका ओलीमाथि हातपात भएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ